कोरोनाकै कारण जगदम्बाका प्रमुख कार्यकारी अधिकृतको मृत्यु
काठमाडौं- जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृतको कोरोनाकै कारण मृत्यु भएको छ । गण्डकस्थित कोभिड अस्पतालमा उपचारका क्रममा ५६ वर्षीय उनको बिहीबार राति करिब ११ बजे मृत्यु भएको बताइएको छ ।
उनी मुटु रोगी रहेका र उनमा साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते गण्डकस्थित कोभिड अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था बिग्रिदै गएपछि जगदम्बा इन्टरप्राइजेजका सिइओलाई कोभिड अस्पतालको आइसियुमा राखिएको थियो ।
बिहीबार दिउँसो अवस्था जटिल भएपछि उनलाइ भेन्टिलेटरमा राखिएको र भेन्टिलेटरमै उपचारका क्रममा बिहीबार राति करिब ११ बजे मृत्यु भएको कोबीड अस्पतालका चिकित्सक डाक्टर सिंहले जानकारी दिए ।
त्यसैगरी वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पर्सा, बारा र रौतहटका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले जानकारी दिएअनुसार बिहिवार राति संक्रमण पुष्टि भएका ४२ जना मध्ये ११ जना स्वास्थ्यकर्मी र तीन जना मृगौला रोगी रहेका छन् ।
यस्तै मास ट्रेसिङमा पिसिआर जाँच गराएका ११ जना, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका २ जना, लोटस फर्माका कर्मचारी १ जना, मेग्न्स फर्माका कर्मचारी ३ जना ,पर्सा जिल्लाका ८ जना, बारा जिल्लाका २ जना र रौतहट जिल्लाका १ जना रहेको मेसु उपाध्यायले जानकारी दिए ।