ईश्वर पोखरेलले भने: पार्टी एकताले समस्या भयो
काठमाडौं । उपप्रधानमन्त्री एवम् नेकपाका नेता ईश्वर पोखरेलले पार्टी एकताले अप्ठ्यारो स्थिति सिर्जना भएको बताएका छन् ।
बिहीबार राजधानीमा आयोजित बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले सो कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतको आचरणले वर्तमानमा समस्या ल्याएको दाबी गरे ।
उनले भने, ‘विगतले केही दिनेवाला छैन । विगतले शिक्षा मात्र दिने हो । पार्टी एकताबाट मत मिल्यो तर मन मिलेन । एकतामा एताउता गर्ने कुरा स्वीकार्य छैन ।’
पोखरेलले सही विचारबाट निर्देशित नभएको पंक्ति दिशाविहीन हुने बताउँदै दुवै पार्टीको विचार अङ्गाल्दा समस्या आएको बताए । उनले भने, ‘त्यसैले पार्टी एकताले अलि अलि अप्ठ्यारो भएको छ ।’