रक्षामन्त्री ईश्वर पोखरेल चढेको हेलिकोप्टर आकस्मिक अवतरण - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

रक्षामन्त्री ईश्वर पोखरेल चढेको हेलिकोप्टर आकस्मिक अवतरण



पाल्पा- उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल चढेको सैनिक हेलिकोप्टर पाल्पामा आकस्मिक अवतरण भएको छ ।

शुक्रबार साँझ मौसमको खराबीको कारणले आकस्मिक अवतरण गरिएको जनाइएको छ।

बुटबलमा अवतरण हुनुपर्ने उक्त सैनिक हेलिकोप्टर मौसमको खराबीका कारण पाल्पामा अवतरण भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

शनिबार रुपन्देही जिल्लास्थित नेपाली सेनाको मध्यपश्चिम पृतनाको कार्यक्रममा सहभागी हुन रक्षामन्त्री पोखरेल बुटबल प्रस्थान गरेका हुन् ।

हेलिकोप्टर पाल्पा तानसेनमा अवतरण भएपछि मन्त्री पोखरेल गाडीमा बुटबलतर्फ गएका थिए ।