निषेधाज्ञाको पछाडी कुनै राजनीतिक उद्देश्य छैन: उपप्रधानमन्त्री पोखरेल - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

निषेधाज्ञाको पछाडी कुनै राजनीतिक उद्देश्य छैन: उपप्रधानमन्त्री पोखरेल



काठमाडौँ- उपप्रधानमन्त्री तथा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले कोरोनासँग लड्नु सबैको साझा दायित्व भएको बताएका छन्।

सबैले हातेमालो गर्दै अगाडि बढ्न र जवाफदेही बन्न उनले अपील गरेका छन्। शुक्रबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उपप्रधानमन्त्री पोखरेलले कोरोनाको अघिल्लो लहरले धेरै कुरा सिकाएर गएको हुँदा व्यवस्थापनको काम सहज हुने बताए।

अहिले लागु भएको निषेधाज्ञा कोरोना संक्रमणको फैलदो अवस्थाको चेन ब्रेक गर्न भएको उनले बताए। स्थानीय प्रशासनले आफ्नो आवश्यकता हेरेर कस्तो व्यवस्थापनको विधि अपनाउने हो त्यो गर्न अधिकार दिएको पनि उपप्रधानमन्त्री पोखरेलको भनाई छ ।

सरकारले लागु गरेको निषेधाज्ञा कुनै राजनीतिक अभिप्रायले नगरिएको पनि उनले स्पष्ट पारे। निषेधाज्ञा जनताको स्वास्थ्य सुरक्षा र जीवन रक्षाको लागि भएकोले कुनै राजनीतिक उद्देश्य नहेर्न पनि उनले आग्रह गरे। अहिले जनता आफै पनि सचेत र जिम्मेवार हुनुपर्ने आवश्यकता रहेको पनि पोखरेलले बताए।

सरकारले परिस्थितिको गम्भीरतालाई बुझेर अभिभावकिय भूमिका निर्वाह गरेको हुँदा आम नागरिकले आफ्नो जीवनसँग गाँसिएको विषयमा जवाफदेही बन्न पनि उनले आग्रह गरे।