ईश्वर पोखरेल बिबादित भएकै बेला प्रचण्डको नयाँ प्रस्ताव
काठमाडौं- पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरससँगको लडाइँ लड्न उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन माग गरेका छन् ।
प्रचण्डले हाल काम गरिरहेको कोरोना रोकथाम उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेल बिबादित भैरहेका बेला यस्तो प्रस्ताव गरेका हुन् ।
ईश्वर पोखरेल नेतृत्वको समिति ओम्नी समूहसंगको सम्झौता देखि सेनालाई खरिदको जिम्मा दिने सम्मका निर्णय एकपछि अर्को गर्दै बिबादमा तानिएको बेला बिहिबार फेरि अर्को निर्णयमा चिप्लिएको छ ।
बिहीबार साँझ नै इमेज टेलिभिजनसँगकाे कुराकानीमा बोल्दै अध्यक्ष प्रचण्डले सबै दल र अन्य पक्ष समेत रहेको एउटा संरचना बनाएर अघि बढ्न आवश्यक रहेको औल्याएका हुन् । यस्तो अवस्थामा आएको उनको प्रस्तावलाई अर्थपूर्ण रूपमा हेर्न सकिन्छ ।
उनले भनेका छन्,‘सवै दल र अन्य पक्ष रहेको एउटा संरचना बनाएर अघि जानु आवस्श्यक छ । त्यसैले मैले प्रधानमन्त्रीजी र सरकारलाई यस दिशामा सोच्न म अपिल गर्न चाहान्छु ।’ कोभिड १९ (कोरोना भाइरस) को संक्रमणले विश्व आक्रान्त बनिरहेको बेला अध्यक्ष प्रचण्डले देशमा गंभीर समस्या पर्दा (जस्तै भुकम्प बाढी पहिरो) जहिले पनि राष्टिय एकतामा जोड दिँदै आएको बताए ।
उनले भने,‘भूकम्पका बेला प्रतिपक्षको नेता हुदा प्रधानमन्त्रीलाई राष्ट्रिय एताका साथ अघि बढ्नुस्, साथ दिन्छु भनेको थिए । अहिले हाम्रै सरकार छ । अहिले पनि मैले राष्ट्रिय एकताका साथ अघि बढ्नपर्छ भनेको छु ।’
कोरोना भाइरसको यो पिडालाई राष्ट्रिय एकता कायम गरेर सवै दलको सहमतिमा जानुपर्ने उनले बताए । ‘नेपाल जस्तो देशका लागि भोली बिरामी बढ्दै गएपछि गरौंला भनेर बस्नु हुँदैन रोकथामलाई जोड दिनुपर्छ ।’ उनले भने ।
सबैलाई समेटेर लैजानुपर्छ भन्ने कुरामा थप ध्यान जानुपर्ने अध्यक्ष प्रचण्डको तर्क छ । ‘यस बीचमा जति कमजोरीका कुरा आए प्रधानमन्त्रीले आफैं छानविन गर्ने आश्वासन दिनुभएको छ । त्यो होस सवैलाई समेटेर लैजाने कुरामा ध्यान जाओस ।’ उनले भने ।
अध्यक्ष दाहालले मंगलबार बसेको पार्टीको सचिवालय बैठक आफूले नै बोलाउन भनेको खुलासा गरे । उनले भने, ‘मैले नै सचिवालय बैठक बोलाउन भनेको हो त्यो अनससार भयो ।’
कोरोनाबाट बच्न सतर्कता अपनाउनुपर्ने बताउँदै उनले भने, ‘विपक्षी दलको गुनासो सत्य हैन । सर्वदलीय बैठकमा विपक्षले समेत दिएका कुरालाई सरकारले दल र विज्ञका सुझाव लिएको छ ।’
कोरोना नियन्त्रणका लागि अहिलेसम्म राम्रा काम सरकारले गरेको बताउँदै उनले सरकार, दल नागरिक समाजका तर्फबाट, चिकित्सक र सुरक्षाकर्मीका तर्फबाट संरचना बनाउनपर्ने उनले प्रस्ताव गरे ।
‘राजनीति गर्ने हिसावले घोचपेच गर्ने होईन । सरकारले यस विषयमा सकारात्मक पहल गर्ने विश्वास दिलाउनेको छ ।’ उनले भने,‘सबै दल र अन्य पक्ष रहेको एउटा संरचना बनाएर अघि जानु आवश्यक छ ।’
लकडाउनसँग सम्बन्धित सरकारका निर्णयबाट सन्तुष्ट सरकारले लकडाउनसँग सम्बन्धित भएर गरेका निर्णयबाट आफू सन्तुष्ट रहेको उनले बताए । उनले भने,‘सरकारले लकडाउनसँग सम्बन्धीत जे निर्णय गरेकोबाट म सन्तुष्ट छु । सरकाराले गरेको काममा उपलव्धी पनि भएको छ ।’