ईश्वर पौडेलको अर्को गीत 'भिरैको घाँस गाईले खानी 'बजारमा आउदै - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

ईश्वर पौडेलको अर्को गीत ‘भिरैको घाँस गाईले खानी ‘बजारमा आउदै



सर्जक ईश्वर पौडेलको अर्कों मौलिक गीत “भिरैको घाँस गाईले खानी”लिएर आउँदै छन् जसमा लय,शब्द आफै ईश्वर पौडेलेले गरेका छन् ।

स्वरमा अहिलेका चर्चित कलाकार खुसी,दास बनेर, तामे करूबा,दर्शन ढुड़गामा आवाज दिएका पछिल्लो समयका अत्यन्तै सबैको मनमा बस्न सफल खेम सेन्चुरी र चर्चित गायिका सम्झना भण्डारीको स्वर रहेको छ भने अभिनयमा पनि खेम सेन्चुरि र चर्चित नायिका अन्जलि अधिकारी देखिएका छन् ।

उक्त  गीतको निर्देशक प्रकाश भट्टले गरेका  छन् ।  बजार ब्यबस्थापक शुभारम्भ  डिजिटलका प्रबन्धक शम्भु कुँवरले गर्ने जानकारी गराएका छन् । धेरै राम्रा सृजना हरू गर्दै आएका सर्जक भने यति बेला प्रदेशि भूमिमा रहेर पनि आफ्नो संस्कृतिलाई जोगाउन आफ्नो पक्षबाट समयले साथ दिए सम्म राम्रा राम्रा  सृजना र सन्देश मूलक गीतहरूमा क़लम चलाउदै आएका छन् ।

अबको एक हप्तामा यो मौलिक गीतलाई बजारमा लिएर आउँदै छन् धेरै आशा गरेको गीत छ पक्का पनि दर्शक सोर्ताहरूले यो गीतलाई पनि अरू गीतलाई जस्तै माँया गरिदिनु हुनेमा विश्वस्त छन्।