२५ लाख कित्ता आइपियो बिक्री गर्दै सिइडिबी हाइड्रो - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

२५ लाख कित्ता आइपियो बिक्री गर्दै सिइडिबी हाइड्रो



काठमाडौँ – नेपाली धितोपत्र बजारमा अर्को एक जलविद्युत् कम्पनीले साधारण शेयर बिक्रीको अनुमति पाएको छ। धितोपत्र बजारमा उचाल आइरहेका बेला नयाँ वर्षको अवसरमा साधारण शेयर बिक्रीको अनुमति पाउने सो कम्पनी पहिलो बनेको छ।

धितोपत्र बोर्डले सिइडिबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति दिएको हो। कम्पनीको साधारण शेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।

कम्पनीले कूल २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर बिक्री गर्नेछ। प्रतिकित्ता रु १०० बराबरको रु २५ करोड १८ लाख २३ हजार बराबरको साधारण शेयर बिक्री गर्ने गरी बोर्डले अनुमति दिएको हो।

कम्पनीले ११ मेगावाट क्षमताको तल्लो खारे खोला, १२ मेगावाटको दोर्दी एक, पाँच मेगावाटको रुकुम गाड र ४५ मेगावाटको कसुवा खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।