इन्द्रेणी क्लबको रक्तदान कार्यक्रम सम्पन्न,४५ जनाले रक्तदान गरे - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

इन्द्रेणी क्लबको रक्तदान कार्यक्रम सम्पन्न,४५ जनाले रक्तदान गरे



ओम प्रकाश बानियाँ

बराह नगरपालिकामा स्थापित संस्था इन्द्रेणी क्लबले २०७४ माघ १५ गते सोमबारका दिन रक्तदान कार्यक्रम सम्प्पन्न गरेको छ ।

महान् सहिदहरूको सम्झनामा आयोजना गरिएको उक्त बृहत् रक्तदान कार्यक्रम बराह नगरपालिकाको ३,४,५ को संयुक्त वडा कार्यालयको अगाडि सञ्चालन भएको थियो । बिहान् ८ बजे देखि सञ्चालन भएको उक्त बृहत् रक्तदान कार्यकममा बराह नगरपालिकाका सम्पूर्ण वासीहरू उत्साहका साथ सहभागी भएका थिए ।

उक्त रक्तदान कार्यक्रममा ४५ जना रक्त दाताहरूले रगत दिई सहयोग गरेको कुरा क्लबका अध्यक्ष कृष्ण ढकालले बताउनु भयो । ढकालले अन्त्यमा बोल्नु हुँदै सबैलाई धन्यवाद र आगामी दिनमा समेत यस्तै सहयोगको अपेक्षा रहेको बताउनु भयो ।

इन्द्रेणी क्लबले बर्सेनि रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । क्लबले यो १५ औँ रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।