भारतीय नौसेनामा पनि सल्कियो कोरोना भाइरसको संक्रमण - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

भारतीय नौसेनामा पनि सल्कियो कोरोना भाइरसको संक्रमण



मुम्बई- मुम्बईमा भारतीय नौसेनाका २१ जवानमा कोरोना भाइरसको संक्रमण भएको छ । यसमा आईएनएस आंग्रेमा तैनाथ २० नौसैनिक समेत सामेल छन् ।

उनिहरुमध्ये धेरैलाई कोरोना भाइरसको लक्षण नदेखिएको भारतिय संचारमाध्यमहरुले जनाएका छन् । ७ अप्रैलमा एक नौसैनिकमा कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो ।

समाचार एजेन्सी एएनआईकाअनुसार नौसेनालाई आईएनएस आंग्रेको इनलिविंग ब्लोकमा क्वारेन्टाईन गरिएको छ ।

कोरोनो संक्रमणको पुष्टि भएसंगै भारतिय सेनाले पुरै युद्धपोतमा लकडाउन गरेको छ ।यससंगै भारतमा संक्रमणको संख्या १३ हजार ८ सय ३५ पुगेको छ।

अहिलेसम्म भारतमा ४ सय ५२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।