भयावह बन्दै भारत: छिट्टै २१ लाख कोरोना संक्रमित पुग्ने प्रक्षेपण - Himal Post Himal Post
  • २८ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 12 2025
Logo

भयावह बन्दै भारत: छिट्टै २१ लाख कोरोना संक्रमित पुग्ने प्रक्षेपण



एजेन्सी- भारत अहिले कोरोनाको निकै जोखिम परिस्थितिबाट गुज्रिरहेको छ । यहि अनुपातमा कोरोना भाइरसको महामारी बढ्दै जानेहो भने निकै छोटो समयमा निकै तुलो संख्यामा संक्रमित बढ्ने पक्का छ ।

हाल भारत सबैभन्दा बढी प्रभावित हुने देशको १०औँ नम्बरमा आएको छ। भारतमा कोरोनामाथि अध्ययन,अनुसन्धान गर्ने सोधकर्ताहरुले संक्रमितको संख्या अझ बढ्न सक्ने चेतावनी दिएका छन्।

जोन्स हप्किन्स् विश्वविद्यालयको तथ्यांक अनुसार भारतमा संक्रमितको संख्या १ लाख ३८ हजार ५ सय ३६ पुगिसकेको छ, भने ४ हजार २४ को ज्यान गइसकेको छ।

बीबीसी हिन्दीका अनुसार भारतमा संक्रमणको संख्या हरेक १३ दिनमा दुई गुणा बढिरहेको छ । र, भारतमा लकडाउन पनि केही खुकुलो गरिएको छ। जसकारण संक्रमितको संख्या अझ बढ्ने आकलन गरिएको छ।

महामारीरोग विशेषज्ञ प्राध्यापक भ्रमर मुखर्जीले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै भारतमा संक्रमणको घटनामा अझै कमी नआएको बताएकी छन्।

मुखर्जी टीमको अनुमान छ कि भारतमा जुलाइको सुरुवातमा भारतमा ६ लाख ३० हजारदेखि २१ लाख मान्छे कोरोना संक्रमित हुनसक्छन्।