इन्द्रेणी क्लबले सहिदहरुको सम्झनामा रक्तदान कार्यक्रम सन्चालन गर्ने - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

इन्द्रेणी क्लबले सहिदहरुको सम्झनामा रक्तदान कार्यक्रम सन्चालन गर्ने



ओम प्रकाश बानियाँ

बराह नगरपालिकामा स्थापित सस्था ईन्द्रेणी क्लबले २०७४ माघ १५ गते रक्तदान कार्यक्रम सन्चालन गर्ने भएको छ ।

महान् सहिदहरुको सम्झनामा आयोजना हुने उक्त बृहत रक्तदान कार्यक्रम बराह नगरपालिकाको ३,४,५ को सयुक्त वडा कार्यालयको अगाडि सन्चालन हुने छन् । बिहान् ८ बजे देखि सन्चालन हुने उक्त बृहत् रक्तदान कार्यकममा बराह नगरपालिकका सम्पुर्ण वासीहरुलाई उपस्थित भै यस महान् कार्यमा सहभागी हुन् क्लबका अध्यक्ष कृष्ण ढकालले आग्रह गर्नु भएको छ । ढकालले थप्नु हुन्छ तपाईंहरुको एक पाउन्ड रगतले कसैको ज्यान पनि बाच्न सक्छ त्यसैले भरसक कोही पनि यस्तो महान् कार्यमा नछुटौ र स्वास्थय क्षेत्रमा सेवा पुर्याउ ।

इन्द्रेणी क्लबले बर्सेनि रक्तदान कार्यक्रम सन्चालन गर्दै आएको छ । क्लबले यो १५ औं रक्तदान कार्यक्रम सन्चालन गर्ने लागेको हो ।