इमरान खानले गरे प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना
काठमाडौं–पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् ।
प्रधानमन्त्री खानले आज एक सन्देश पठाई उनको स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने भएपछि विभिन्न देशका राष्ट्रप्रमुखले स्वास्थ्य लाभको कामना गर्दै सन्देश पठाइरहेका छन् ।
यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भूटानका प्रधानमन्त्री डा लोट्टी छिरिङ र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले पनि प्रधानमन्त्री ओलीको सफल मिर्गाैला प्रत्यारोपणसहित शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।
प्रधानमन्त्री ओलीको आज दोस्रो पटक मिर्गौला प्रत्यारोपण भइरहेको छ ।
प्रधानमन्त्री ओलीलाई विभिन्न देशका प्रधानमन्त्रीले स्वास्थ्य लाभको कामना गर्ने क्रम जारी रहेको छ ।