आन्तरिक हवाई उडान पनि बन्द हुने - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

आन्तरिक हवाई उडान पनि बन्द हुने



काठमाडौँ- संक्रमण तिब्र रूपमा फैलिएपछि आन्तरिक हवाई उडान पनि बन्द गर्ने तयारी गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको बैठकमा बिहीबारदेखि आन्तरिक हवाई उडान पनि बन्द गर्नेबारे छलफल भएको थियो ।

उड्डयन प्राधिकरणको ब्यवस्थापन समितिको सोमबार बसेको बैठकमा बैशाख १६ गतेबाट आन्तरिक उडान बन्द गराउने विषयमा छलफल भएको बताइएको छ।

काठमाडौँ उपत्यकाका तिनै जिल्लाले एक साता कडा निषेधाज्ञा गर्ने निर्णयपछि नागरिक उड्डयन प्राधिकरणले त्यसबारे विज्ञप्ती निकाल्ने तयारी गरेको छ।

काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासनले सोमबार साँझ निकालेको विज्ञप्तीमा आन्तरिक उडान बन्दका विषयमा भने केही कुरा उल्लेख छैन।