प्रचण्ड-नेपालले बैंक्वेटमा भोज खुवाएर हस्ताक्षर लिएको ओलीको आरोप - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

प्रचण्ड-नेपालले बैंक्वेटमा भोज खुवाएर हस्ताक्षर लिएको ओलीको आरोप



काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले कार्की बैंक्वेटमा भोज खान मानिस बोलाएर सही गराउँदैमा बहुमत नहुने दाबी गरेका छन्।

सोमबार पोखरामा कार्यकर्तालाई सम्बोधन गर्दै उनले आफैंले हस्ताक्षर गरेर वैधानिक नहुने दाबी गरे। ‘कार्की बैंक्वेटमा भोज खान बोलाएर, भोज खान आएका मानिस जम्मा गरेर बहुमत भनेर हुन्छ? ’ ओलीले भने, ‘सक्नुहुन्छ भने दलको नेता र अध्यक्षबाट हटाउनुस्। बैठक बोलाउँछु, आउनुस्।’

उनले मुख्य सचेतक हटाउनु आफ्नो अधिकार भएको बताए। ‘जुन हातले दिइको हो त्यही हातले काट्न सक्छ। मुख्य सचेतक बनाएको थिएँ, अहिले मैले हटाएँ। मैले बनाएको मैले हटाएर अर्को नियुक्त गरेँ। मैले जे गर्ने हो गरेँ’, उनले भने।

उनले अहिले नकेपाकै प्रधानमन्त्री रहेका बेला प्रचण्ड र माधवकुमार नेपाल अर्को प्रधानमन्त्रीको खोजीमा दाैडादाैड गरिरहेको टिप्पणी गरे। ‘माइतीघर मण्डल वा कार्की बैंक्वेटमा अध्यक्ष भएर आफैं लड्डु खाएर हुन्छ? विधि, पद्धति र प्रक्रिया खुबै सुन्नु भयो नि। कहाँ रहेछ प्रक्रिया?, उनले भने, ‘केन्द्रीय कमिटी बैठकमा किन आउनु भएन ? बैठक बोलाउदाँ नआउने?’