हराएका सांसद खोज्न निवेदन: गण्डकी प्रदेश सभामा खैलाबैला - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

हराएका सांसद खोज्न निवेदन: गण्डकी प्रदेश सभामा खैलाबैला



काठमाडौँ- आफ्नो पार्टीका सांसद् खिम विक्रम शाहीको खवस्था अज्ञात रहेकोले गण्डकी प्रदेशकी राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले सदनको कारबाही रोक्न माग गरेकी छन् ।

उनले सांसद शाहीको अवस्थाबारे जानकारी नभएसम्म सदनको कारबाही अघि नबढाउन आग्रह गरेकी छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुने दिन नै सांसद गायव भएका हुन् ।

“मुख्यमन्त्रीज्यूको विरोधमा राखिएको अविश्वासको प्रस्तावमा राष्ट्रिय जनमोर्चाले समर्थन जनाइरहेको सन्दर्भमा सदनमा मतदानको परिस्थिति बनेको दिन हाम्रो पार्टीको प्रदेश सभा सदस्य श्री खिम विक्रम शाहीको अवस्था अज्ञात रहेकोले सदनमा उपस्थित हुन नसक्नु भएकोले उहाँको अवस्था सार्वजनिक गर्न, निजको जीवन रक्षा गर्न र निज सार्वजनिक नभएसम्म सदनको कारबाही नचलाइयोस् भन्ने विनम्र अनुरोध गर्दछु,” उनको निवदेनमा भनिएको छ ।

बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुने तय भएको छ । तर निर्णायक देखिएको राष्ट्रिय जनमोर्चाका सांसद शाही सम्पर्कविहीन छन् ।