बिहिबार थपिए ठुलो संख्यामा संक्रमित: कुल संख्या एक हजार नजिक - Himal Post Himal Post
  • २७ फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 11 2025
Logo

बिहिबार थपिए ठुलो संख्यामा संक्रमित: कुल संख्या एक हजार नजिक



काठमाडौं- बिहिबार बिहान ठुलो संख्यामा कोरोना संक्रमित पुष्टि भएपछि संक्रमितको संख्या हजार नजिक पुगेको छ । प्रदेश दुईमा थप ७६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ भने । स्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासकीय अधिकृत विजय झाले आज बिहान थप ७६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

यसैगरी स्याङ्जामा बिहीबार बिहान तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। याेसँगै नेपालमा संक्रमितकाे संख्या नाै सय ८० पुगेकाे छ। पोखरामा गरिएको स्वाब परीक्षणका क्रममा एक महिलासहित तीन जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले जनाएकाे छ।

वालिङका २२ र २६ वर्षका दुई पुरुष तथा वालिङकै ३९ वर्षकी एक महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा.बिनोद बिन्दु शर्माले जानकारी दिए। संक्रमण पुष्टि भएका तीनैजना गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा थिए।

प्रदेश २ मा थपिएका संक्रमितहरूमा धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १२, सर्लाहीका ७, सिरहाका ६ र रौतहटका ३ जना रहेका छन्।

प्रदेश नम्बर दुईका सामाजिक विकास मन्त्री नवलकिशोर साह प्रदेश दुईको विभिन्न जिल्ला भारतीय सीमानाकासँग जोडिएकोले संक्रमण फैलिएको स्थानहरुबाट नेपालीहरु आइरहेकाले संक्रमित संख्या बढ्नु नौलो कुरा नभएको प्रतिक्रिया दिएका छन्।

धनुषामा आज थपिएका २९ जना धनुषा लक्ष्मिनिया गाउँपालिकामा रहेको क्वारेन्टिनका व्यक्तिहरु रहेको धनुषाका प्रमुख जिल्ला अधिकारीले बताए।

यसैगरी महोत्तरीमा थपिएका १७ जना भने जलेश्वरमा रहेको क्वारेन्टीनका हुन्। योसँगै प्रदेश दुईमा कोरोना संक्रमितको संख्या ३ सय २४ पुगेको छ।

स्याङ्जमा बिहीबार थपिएका तीनसहित नेपालमा संक्रमितको संख्या नौ सय ८० पुगेको छ। आजै प्रदेश २ मा ७६ जनामा कोरोना पुष्टि भएको थियो। आज पुष्टि भएका ८९ सहित कुल संक्रमितको संख्या नौ सय ८० पुगेको हो। बुधबारसम्म नेपालमा नाैसय एक जनामा संक्रमण पुष्टि भएकाे थियाे।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ।