ग्यास व्यापारीलाई मन्त्री भट्टको चेतावनी: सेना र प्रहरी लगाउन नपरोस - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

ग्यास व्यापारीलाई मन्त्री भट्टको चेतावनी: सेना र प्रहरी लगाउन नपरोस



काठमाडौं- सरकारले ग्यास बिक्रि वितरण सहज बनाउन जुन कुनै उपाय अपनाउने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले ग्यास वितरणमा असहयोग गरे व्यवसायीविरुद्ध सेना र प्रहरी लगाएर भएपनि सहज बनाइने बताएका छन् ।

सोमबार ग्यास उद्योगी र नेपाल आयल निगमका अधिकारीलाई मन्त्रालयमा बोलाएर आपूर्ति मन्त्री लेखराज भट्टले ग्यास सहज नबनाए सेना र प्रहरी लगाउने चेतावनी दिएका हुन् ।

व्यवसायीको नाफा सरकारले नै निश्चित गरेको बताउँदै मन्त्री भट्टले संकटको बेला सरकारलाई असहयोग गरेमा हस्तक्षेप गर्ने बताएका हुन् ।

‘मेरो आग्रह छ, अहिले उपभोक्ताको जुनसुकै ग्यासको सिलिण्डर पनि साटी दिनुस्, नाफा घाटा नहेर्नुहोस् राज्यलाई सहयोग गर्नुस्, अन्यथा हस्तक्षेप हुन्छ’ मन्त्री भट्टले भने ।

मन्त्री भट्टले तत्काल सहज नभए उद्योग, डिलर र सबडिलरको लाइसेन्स खारेजको प्रक्रिया अघि बढाउने बताए ।

‘निगमले ग्यास दिएको छैन वा हाम्रा कर्मचारीले असहयोग गरेको छ भने भन्नुस् होइन भने जनताले ग्यास किन पाएनन् जवाफ दिनुस्’ मन्त्री भट्टको भनाइ उधृत गर्दै बैठकका एक सहभागीले अनलाइनखबरसँग भने ।

उद्योगी व्यवसायीका सामुन्ने मन्त्री भट्टले उपभोक्तालाई सहज रुपमा ग्यास वितरण गर्ने काममा मन्त्रालय, निगम वा सरकारी कुनै संयन्त्रले असहयोग गरेको भए आफूलाई भन्नसमेत आग्रह गरेका थिए ।

बैठकमा ग्यास उद्योगीहरुले आपूर्ति र बजारको अवस्था पुरानै भएको तर उपभोक्ताले मौज्दात राख्दा समस्या आएको गुनासो गरेका थिए ।