ज्ञानेन्द्र शाहले भने: यस्ता दलबाट देश बन्न नसक्ने प्रमाणित भैसक्यो
काठमाडौँ – पछिल्लो समय नेपालमा देखिएको राजनीतिक खिचातानीलाई लिएर सरकार र राजनीतिक दलहरूको चर्को आलोचना भैरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले पनि अब राजनीतिक दलबाट देशको भविष्य निर्माणको आशा गर्ने आधार सकिएको बताएका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत उनले राजनीतिक दलले प्राप्त जनमतको खिल्ली उडाएको र फोहोरी खेल खेलेको समेत आरोप लगाएका छन् ।
पूर्वराजा शाहले राज्य सत्ताको आडमा फोहोरी खेल खेल्न उद्यत भएको देख्दा आम नेपालीको मन रोएको भन्दै यिनीहरूबाट अब कुनै आशा बाँकी नरहेको बताएका छन् ।
त्यतिमात्र होइन उनले संकटको यस घडीमा पनि जनसेवाको पूर्ण बेवास्ता गर्दै यस्ता निकृष्ट काम गर्नेहरूको वास्तविक रुप बाहिर आएको पनि बताएका छन् ।
यस्तो छ उनको ट्वीट
संकटको यस घडीमा पनि जनसेवाको पूर्ण बेवास्ता गर्दै, प्राप्त जनमतको खिल्ली उडाउँदै सत्ताधारी राजनैतिक दल आपसी मनमुटाब र फेरी पनि राज्य सत्ताको आडमा फोहोरी खेल खेल्न उद्यत भएको देख्दा आम नेपालीको मन कति रोएको होला । यस्ता दलबाट देशको भविष्य निर्माणको आशा गर्ने आधार अब केही रहेन।