गुरुङलाई राप्रपा प्रजातान्त्रिकद्वारा केन्द्रीय सह महामन्त्री पदमा मनोनयन - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

गुरुङलाई राप्रपा प्रजातान्त्रिकद्वारा केन्द्रीय सह महामन्त्री पदमा मनोनयन



काठमाडौँ, माघ २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका केन्द्रीय सदस्य एवम् युवा नेता किशोर गुरुङलाई राप्रपा प्रजातान्त्रिकले केन्द्रीय सह महामन्त्री पदमा मनोनयन गरेको हो ।

गत आइतबार सम्पन्न भएको राप्रपा प्रजातान्त्रिकको केन्द्रीय समितिको बैठकले युवा नेता गुरुङलाई राप्रपा प्रजातान्त्रिकको सह महामन्त्री पदमा मनोनयन गरेहो हो ।राप्रपा प्रजातान्त्रिकको सह महामन्त्री पदमा मनोनयन भएपछि युवा नेता गुरुङले अब पार्टीलाई छिटै नयाँ सिरा बाट अगाडि बढाउन पहल गर्ने जनाएका छन् ।नेपालमा भएका सोर्त र साधनलाई प्रयोग गरी युवाहरू लाई नेपाल मै बस्ने वातावरण बनाउनको लागि आफू लागि पर्ने बताए !

भ्रष्ट्राचारमुक्त समृद्ध नेपाल भन्ने मूल मन्त्रलाई थप सशक्त बनाउने कार्यमा लागि पर्ने बताएकाछन विभिन्न तह तप्कामा छरिएर रहेका साथीहरूलाई एकता बद्द गराउँदै राष्ट्रिय स्वाभिमान जगाउनको लागि जस्तो सुकै परिस्थितिको पनि डटेर सामना गर्दै कडा रूपमा प्रस्तुत हुने प्रतिबद्धता जनाए ।