गुल्मीका संक्रमितको मृत्यु भएको छैन, अवस्था गम्भीर छ, भन्न सकिन्न: अस्पताल - Himal Post Himal Post
  • १४ माघ २०८१, सोमबार
  •      Mon Jan 27 2025
Logo

गुल्मीका संक्रमितको मृत्यु भएको छैन, अवस्था गम्भीर छ, भन्न सकिन्न: अस्पताल



काठमाडौं- रुपन्देहीको क्रिमसन अस्पतालमा उपचार भैरहेका गुल्मी मदानेका शिक्षकको स्वास्थ्य अवस्था चिन्ताजनक बनेपछि भेन्टिलेटरमा राखिएको छ।

कोरोना भाइरस संक्रमण पुष्टि भएका उनको अहिलेको अवस्था स्थिर रहेको अस्पतालेले जनाएको छ । उनी सिकिस्त बिरामी भएर अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनी गाउँकै एक विद्यालयका शिक्षक हुन् । गुल्मीको मदाने गाउँपालिका–६ का ती संक्रमित उपचारको क्रममा वैशाख १ गते अर्घाखाँचीको छायाँ पोलिक्लिनिक हुँदै क्रिमसन अस्पतालमा आएका थिए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले बिरामीको अवस्था स्थिर रहेको जानकारी दिए । अवस्था गम्भीर भएको र के हुन्छ भन्न सक्ने अवस्था नभएको समेत उनले बताएका छन् । ज्वरो बढेको र श्वासप्रश्वासमा समस्या देखिएपछि शंका लागेर भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा ४१ वर्षीय ती पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

सुविधासम्पन्न अस्पतालमा कोरोना संक्रमित बिरामी भेटिएकाले क्रिमसनलाई कोरोना विशेष अस्पताल बनाउनुपर्ने दबाब छ । अस्पताल सोमवारदेखि सील गरिएको छ ।

संक्रमित शिक्षक लकडाउन हुनुपूर्वदेखि नै जिल्लामा थिए । उनको परिवारलाई गाउँपालिकाले होम क्वारेन्टाइनमा राखेको थियो । उनलाई कसरी कोरोना देखियो अहिले यात्रा विवरण खोजी गर्दा पनि संक्रमण कहाँ भयो भन्ने पत्ता लाग्न सकेको छैन ।