विश्वराज पोरखेलले गरे घुमुवा प्रहरी खारेज: अब के हुन्छ ? - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

विश्वराज पोरखेलले गरे घुमुवा प्रहरी खारेज: अब के हुन्छ ?



काठमाडौं- महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले घुमवा प्रहरी खारेज गरेको छ ।

रानीपोखरीका आयुक्त डीआईजी विश्वराज पोरखेलले आफू मातहतका २५ जनाको घुमुवा टोली खारेज गरेका हुन् ।

घुमुवा टोलीको मुख्य सूचना संकलनको काम गर्दै आएको थियो ।

घुमुवा टोलीका कारण कतिपय अवस्थामा संगठनकै बदनाम पनि भएको र आफ्नो जिम्मेवारीभन्दा अन्यन्त्र लाग्ने गरेका कारण खारेज गरिएको स्रोतले जानकारी दिएको छ ।

अब सूचनाको जानकारी युनिटहरुबाटै लिने तयारी रहेको जनाइएको छ ।

रानीपोखरीमा वर्षौदेखि घुमुवा प्रहरी थिए । कार्यालय प्रमुख फेरिएसँगै सबैले आफूअनुकूल घुमुवाको रुपमा प्रहरी खटाउँदै आएका थिए ।

संगठनको आन्तरिक शुद्धिकरण गर्नका लागि घुमुवा प्रहरी खारेज गरिएको एक अधिकारी बताउँछन् ।

आयुक्तको कार्यालय मातहत उपत्यकाका तीन वटै जिल्लाका प्रहरी कार्यालय, महानगरीय ट्राफिक, अपराध महाशाखा र विमानस्थल प्रहरी कार्यालय रहने गरेको छ ।

रानीपोखरीमा कार्यरत घुमुवा प्रहरी खारेज भए पनि मातहतका युनिटमा भने सिभिल प्रहरी रहने जनाइएको छ ।