शंकास्पद घरमा प्रहरीको छापा: बैंक ह्याक गर्ने अर्को चिनियाँ गिरोह पक्राउ - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

शंकास्पद घरमा प्रहरीको छापा: बैंक ह्याक गर्ने अर्को चिनियाँ गिरोह पक्राउ



काठमाडौं– बैंक ह्याक गर्ने अर्को चिनिया समूह पक्राउ परेको छ ।

काठमाडौंको महाराजगञ्ज–बाँसबारी क्षेत्रको शंकास्पद घरमा छापा मार्दा उनीहरूलाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

घरमा खानतलासी गरी केही व्यक्तिलाई नियन्त्रणमा लिएको जनाइएको छ । बाँसबारीस्थित होटल साम्बला नजिकको एउटा शंकास्पद घरमा खानतलासी गरी केही व्यक्तिलाई नियन्त्रणमा लिइएको जानकारी प्राप्त भएको छ ।

सोमबार महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले बाँसबारीको साम्बला होटेल नजिकै रहेको एउटा शंकास्पद घरमा खानतलासी गरेको थियो ।

घरबाट कम्तिमा ४ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाइ छ । प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्तिहरु चिनियाँ नागरिकहरु हुन् ।

उनीहरु काठमाडौंका केही बैंकहरु ह्याकिङ गर्ने अर्को योजनामा संलग्न रहेको देखिएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीले गत असोज महिनामा मात्रै नेपाली बैंकका एटीएम ह्याक गरी रकम लुटिरहेको अवस्थामा केही चिनियाँहरुलाई पक्राउ गरेको थियो ।

एटीएम ह्याक गरी रकम लुटपाटमा संलग्न चिनियाँहरु अहिले बैंकिङ कसुर तथा संगठीत अपराधअन्तर्गत मुद्दाको पुर्पक्षका लागि जेलमा छन् । फाइल तस्बिर