सरकारले भन्यो: घरधनीले घरभाडा नलिनु
काठमाडौं- सरकारले घरभाडा नलिन घरधनीहरूलाई आग्रह गरेको छ ।
असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई सरकारलेआग्रह गरेको हो ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो आग्रह गरेको हो । अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले यसबारे जानकारी दिएका हुन् ।
आफ्नो आग्रहअनुसार असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको घरभाडा मिनाहा गरे एक महिनाको घरबाहल कर छुट दिइने निर्णय सरकारको छ ।
सरकारी निर्णय शहरी क्षेत्रका असंगठित श्रमिकको हकमा मात्रै लागू हुनेछ ।