गर्भनिरोधक चक्की सेवन गर्न छुट्यो ? नआतिनुस ! यस्तो छ सजिलो उपाय - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

गर्भनिरोधक चक्की सेवन गर्न छुट्यो ? नआतिनुस ! यस्तो छ सजिलो उपाय



काठमाडौं। जतिसुकै होसियारी अपनाए पनि दैनिक कार्य बोझ वा तनावका कारण मानिसहरु नियमित लिने गरेका औषधि सेवन गर्न भुल्छन् वा छुटाउछन् । जसका कारण पछि उनीहरु तनावमा आउँछन् ।

यो समस्या सबैभन्दा बढी माहिलाहरुलाई आइपर्दछ । श्रीमान श्रीमति सँगै भए यौन सम्पर्क नियमित प्रक्रिया हो तर सन्तानको आवश्यकता नरहेको बेला गर्भनिरोधक चक्की सेवन गर्न भुलेमा समस्या उत्पन्न हुन्छ ।

जबकी यो चक्की नियमित रुपमा सेवन गर्नुपर्छ भनिन्छ र मासिक धर्मको चक्र अनुरुप यसको मात्रा पनि निश्चित हुन्छ । यदि कुनै दिन गर्भनिरोधक चक्की सेवन गर्न भुलियो भने ? के गर्ने त ?

सजिलो उपाय यस्तो छ :

कम्बिनेशन चक्की लिन भुलिएमा

कम्बिनेसन पिल एस्ट्रोजन र प्रोजेस्ट्रानले बनेको हुन्छ, जसले हर्मोन्समा मासिक अस्थिरतालाई रोक्छ । जसले गर्दा गर्भ रहँदैन । अहिले यो औषधी त्यसरी बनाइएको हुन्छ कि, जसले केवल २४ घण्टासम्म मात्र असर गर्छ । यदि एक दिन कम्बिनेसन पिल लिन भुलिएमा सामान्य अवस्थाबाट हार्मोन तल र्झछ । र, यस्तो अवस्थामा यौन सम्पर्क गरेपछि गर्भधारणको संभावना बढ्छ । सामान्य हर्मोनल परिवर्तनको कारण टाउको दुख्ने, रक्तश्राव हुने जस्ता समस्या हुनसक्छ।

के गर्ने त ?

आफुले कम्बिनेसन पिल लिन भुलिएको थाहा हुनसाथ कतिपनि ढिला नगरी पिल सेवन गरौ । यदि अर्को पिल लिने समय भएको छ भने दुबै एकसाथ सेवन गर्दा पनि हुन्छ । यदि एक दिनभन्दा बढी पिल लिन भुलियो भने अर्को गर्भनिरोधको तरिका अपनाउनु पर्दैन । दुई दिनको पिल्स लिन भुलियो भने बाँकी दुई दिनसम्म दुई वटा पिल्स खानुपर्छ । र, अघिल्लो सात दिनसम् मगर्भनिरोधक प्रयोग गर्नुपर्छ।

प्रोजेस्ट्रन गर्भनिरोधक चक्की लिनुहुन्छ भने के गर्ने ?

प्रोजेस्ट्रन ओनली पिल केवल १२ घण्टासम्म काम गर्छ । र, हरेक दिन १२ घण्टाको अन्तरलामा पिल दुई पटक लिनुपर्छ । यदि प्रोजेस्ट्रन ओनली पिल लिन भुलेमा जति चाडो पिल लिनुपर्छ । नयाँ प्याक सुरु गर्नमा पनि ढिलो गर्नु हुँदैन ।

गर्भनिरोधक चक्कीको साइट इफेक्ट

अनिच्छित गर्भ रोक्नका लागि महिलाहरुले गर्भनिरोधक चक्की सेवन गर्छन् । तर, यसले स्वास्थ्यमा केहि समस्या पनि निम्त्याउँछ। गर्भनिरोधक चक्कीको सेवनले टाउको दुख्ने, यौन रुचीमा परिवर्तन, तौल बढ्ने, चक्कर आउने, स्तन सुन्निने जस्ता समस्या हुन्छ । गर्भनिरोधक चक्कीले शरीरमा हर्मोन नियन्त्रण गर्छ, त्यसैले यसको बेफाइदा पनि छ । शरीरमा हर्मोनको उतार-चढावको कारण टाउको दुख्ने वा माइग्रेन हुन्छ।

कतिपय चक्कीले एस्ट्रोजनको मात्रा घटाइदिन्छ, जसले टाउको दुख्ने समस्या हुन्छ। पिलको सेवनले असामान्य रक्तश्राव समेत हुनसक्छ। यौनीमा जलन हुने । यीस्ट इन्फेक्सन हुने संभावना पनि रहन्छ।