गाजियाबादबाट ७ वर्षीय छोरो सहित नेपाली एक महिला बेपत्ता - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

गाजियाबादबाट ७ वर्षीय छोरो सहित नेपाली एक महिला बेपत्ता



गाजियाबाद :भारत उत्तर प्रदेशको गाजियाबादबाट नेपाली एक  महिला आफ्नो ७ वर्षीय छोरा सहित बेपत्ता भएकी छिन ।

नेपालको   बाग्लुंग जिल्ला गल्कोट नगरपालिका ४ खरुवा स्थाई घर भएकी पार्वती सुबेदी गाजियाबादको होलि चाईल्ड स्कूल अशोक नगर सी १ डीमा  आफ्नो श्रीमान्  डिलाराम सुवेदीसंग बस्दै  आएकी थिइन् ।

राति संगै सुतेकी पार्वती बिहान हेर्दा नभेटेपछि डिलारामले खोजिदिन आग्रह गरेका छन ।श्रीमातीले काम गर्ने कोठीमा संगै   कम गर्दै आएको एक जना बिहारको सन्तोष भन्ने व्यक्ति संग गएको आसंका गरिएको छन् ।