गगन थापाले लगाए प्रधानमन्त्री ओलीलाई गम्भीर आरोप
तनहुँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर आरोप लगाएका छन् ।
थापाले प्रधानमन्त्रीलाई संसदमा आफूसँग भएको शक्तिको चरम दुरुपयोग गरेकोे आरोप लगाएका हुन् ।
मंगलबार प्रेस युनियन तनहुँले दमौलीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यती कम्पनीका निम्ति एकपछि अर्को गर्दैै सरकारले गरेको निर्णयप्रति आपत्ति जनाए ।
‘संसदलाई गुमराहमा राखिएको छ । संसदलाई हेपिएको छ’–उनले भने–‘प्रधानमन्त्रीले संसदको आफूसँग भएको शक्तिको चरम दुरुपयोग गर्नुभएको छ ।’
नेता थापाले आफ्नो पार्टीको झन्डा बोक्ने मान्छेले अवसर पाओस् भन्ने उद्देश्यबाट गरिएको निर्णय मान्य नहुने बताए ।
यस्तै ढंगबाट शक्तिको दुरुपयोग गर्दै गए कांग्रेसमात्रै नभइ आमजनता पनि सडकमा उत्रने उनको चेतावनी थियो ।