६० औँ मिनेटमा ग्रिजम्यानले फ्रान्सको जित - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

६० औँ मिनेटमा ग्रिजम्यानले फ्रान्सको जित



काठमाडौं– विश्व विजेता फ्रान्सले विश्वकपको युरोपियन छनोट फुटबलमा जित निकालेको छ। बुधबार राति भएको खेलमा फ्रान्सले बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गरेको हो।

एन्टोनी ग्रिजम्यानको गोलमा विश्व फ्रान्सले विश्वकप २०२२ को छनौट अन्तर्गतको खेलमा जित दर्ता गरेको छ । युरोपेली क्षेत्रको छनौट अन्तर्गत समूह डी मा रहेको फ्रान्सले अवे मैदानमा भएको खेलमा बोजनिया–हर्जगोविनालाई १–० ले पराजित गरेको हो ।

समूह ‘डी’ मा रहेको फ्रान्सले बोसनिया एन्ड हर्जगोभिनालाई उसैको मैदानमा १–० गोलले पराजित गरेको हो। फ्रान्सको जितमा एन्टोनी ग्रिजम्यानले गोल गरे। पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको फ्रान्सले दोस्रो हाफमा गोल गर्दै जित निकालेको हो।

फ्रान्सको जितमा ६० औँ मिनेटमा ग्रिजम्यानले गरेको गोल नै निर्णायक बन्यो । जितपछि शीर्ष स्थानको फ्रान्सको तीन खेलबाट सात अंक भएको छ ।

सोही समूहको अर्को खेलमा युक्रेन र काजखस्तानले १–१ को बराबरी खेलेका छन् ।

यसैबिच समूह सी अन्तर्गत बुधबार राति भएको खेलमा इटाली विजयी भएको छ । लगातार तेस्रो जित निकाल्ने क्रममा इटालीले लिथुवानियालाई २–० ले पराजित गरेको हो ।

सोही समूहको अर्को खेलमा बुल्गेरिया र उत्तरी आयरल्याण्डले गोलरहित बराबरी खेलेका छन् । इटाली ९ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

यसैगरि समूह आई अन्तर्गत शीर्ष स्थानको डेनमार्कले लगातार तेस्रो जित दर्ता गरेको छ । उसले बुधबार राति भएको खेलमा अस्ट्रियालाई ४–० ले पराजित गरेको हो ।

यस्तै सोही समूहको अर्को खेलमा इजरायलले माल्डोभालाई ४–१ तथा स्कटल्याण्डले फारोइ आइल्याण्डलाई ४–० ले पराजित गरेको छ ।