वीरगन्जमा निको भएका दुईजनालाई फेरि भयो कोरोना सङ्क्रमण
काठमाडौं । वीरगन्जमा नोभेल कोरोना भाइरसको संक्रमण देखिएपछि उपचार गरेर घर फर्किएका दुईजनामा फेरि कोरोना पोजेटिभ देखिएको छ ।
चैतदेखि वैशाखसम्म विभिन्न समयमा कोरोना पुष्टि भएर उपचारपछि दुईपटक कोरोना जाँच गर्दा नतिजा नेगेटिभ आएपछि वैशाख १४ गते चारजनालाई एकसाथ डिस्चार्ज गरिएको थियो ।
डिस्चार्ज भएकाहरुलाई एक सातापछि फलोअपमा बोलाइएको र कोरोना जाँच गर्दा दुईजनामा पोजेटिभ देखिएको नारायणी उपक्षेत्रीय अस्पतालका मेसु मदन उपाध्यायले जानकारी दिए ।
उनका अनुसार कोरोना पुन: पोजेटिभ देखिनेमा एक भारतीय मुस्लिम र अर्का रौतहटका १९ वर्षीय किशोर रहेको जनाइएको छ ।
भारतीय मुस्लिम समुदायका एकजनालाई ३० चैतमा र रौतहटका एक किशोरलाई १ वैशाखमा कोरोना पुष्टि भएको थियो । अहिले उनीहरु दुबैजनालाई आइसोलेसना राखिएको छ ।