एमाले फुटको संघारमा :भुसाल नेतृत्वमा एमालेमा नयाँं समूहको जन्म - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

एमाले फुटको संघारमा :भुसाल नेतृत्वमा एमालेमा नयाँं समूहको जन्म



काठमाडौं । माओवादीसँग एकीकरणको नजिक आईपुग्दा एमालेमा नयाँं समूहको जन्म भएको छ । एमालेमा अहिलेसम्म संस्थापन (पार्टी अध्यक्ष केपी ओली) पक्ष र बरिष्ठ नेता माधवकुमार नेपाल पक्ष रहँदै आएको थियो । तर अव संस्थापन पक्षलाई टक्कर दिन उपमहासचिव घनश्याम भुसालको नेतृत्वमा नयाँ समूह जन्मने तयारी गरेको छ । भुसालको समूहमा यसअघि नेपाल पक्षमा र अर्का वरिष्ठ नेता झलनाथ खनाल पक्षका नेताहरु रहने स्रोतले दावी गरेको छ ।

एक नेताले दिएको जानकारी अनुसार एमालेमा माधव नेपाल पक्षमा रहेका नेताहरुको संरक्षण हुन नसकेको र त्यसलाई नेपालले समेत अडानसहित संस्थापनसँग कुरा राख्न नसकेको आरोप लगाउँदै भुसालको नेतृत्वमा नयाँं समूह जन्मन लागेको बताईएको छ ।

उम्मेदवार बन्न यसरी बन्चित भए भुसाल

फागुन २ गते नेपाल पक्षका नेताहरुको अलग्गै बैठक बस्यो । सो बैठकमा सहभागी सबैको एउटै निष्कर्ष निस्क्यो ओलीलाई सर्बसम्मत नछोड्ने । त्यसमा माधव नेपालको समेत सहमति थियो । बैठकमा को लड्ने भन्नेबारे पनि सल्लाह गरांै भनेर घनश्याम भुसालले बिभिन्न विकल्प पेश गरे । माधव नेपाल लडेपनि ठीक छ, सुरेन्द्र पाण्डे लडेपनि ठीक , को अरु कोही नलड्ने भए पनि म लड्छु भनेर उनले प्रस्ताव गरे । सो अनुसार जे भएपनि गरौं , तर ओलीलाई सर्वसम्मत दलको नेता हुन नदिउँ भन्ने निष्कर्ष निकाल्दै नेपाल पक्षको बैठक टुंगिएको थियो ।

भोलिपल्ट १२ बजेका लागि एमाले संसदीय दलको बैठक डाकियो । काठमाडौंको कुलेश्वरमा बस्ने उपमहासचिव घनश्याम भुसाललाई बैठकको खवर गयो पौने १२ बजेमात्र । हतार हतार उम्मेदवारी दिन भनेर कुलेश्वरबाट भुसाल संसद भवन बानेश्वर पुग्दा दलको नेतामा ओली निर्वाचित भई सकेका थिए । आश्चर्यको कुरा के थियो भने अघिल्लो दिनको सहमति तोड्दै नेपालले नै ओलीलाई दलको नेता छानियोस भनि संसदीय दलको बैठकमा प्रस्ताव गरेका थिए ।

किन चुनाव लड्न चाहन्थे भुसाल

नेपाल पक्षका नेता तथा कार्यकर्ताले संस्थापनबाट आक्रमण हुँदा नेपाल लगायतका नेताहरुले जोगाउन नसक्ने निष्कर्ष समेत निकालेका थिए । उनीहरुले नेपाल भित्रभित्रै ओलीसँग मिलेको समेत आशंका गर्दै आएका थिए । केहि समय देखिका बैठकमा नेपालले केवल औपचारिकताका लागि मात्र संस्थापनको आलोचना गरेको भेद समेत थाहा पाएका थिए उनीहरुले । त्यसकारण पनि सो समूहले भुसाललाई अगाडि सार्नका लागि पनि ओलीसँग संसदीय दलको नेतामा चुनाव लडाउन चाहन्थे । संसदीय दलको नेतामा चुनाव लडेपछि आन्तरिक रुपमा पनि गुटको नेतृत्व परिवर्तन हुने अपेक्षा धेरैले गरेका थिए । अर्थात माधव नेपाल गुटमा नेतृत्व परिवर्तन गरेर भुसाललाई अगाडि बढाउन चाहन्थे उनीहरु ।सरल पत्रिकाको सहयोगमा