एमालेमा केन्द्र विभाजित हुँदा डोरमणि र अष्टलक्ष्मी एकै ठाउँमा - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

एमालेमा केन्द्र विभाजित हुँदा डोरमणि र अष्टलक्ष्मी एकै ठाउँमा



काठमाडौं- ४ महिनापछि नेपाल कम्युनिष्ट पार्टी एमालेको दुई गुटका नेताहरु एकै ठाउँमा भएका छन् । दुई गुटका कट्टर विरोधी एकै मन्चमा देखिएका हुन् ।

केन्द्रमा नेताहरु अलग पार्टीको अभ्यासमा लागिसकेका बेला वागमती प्रदेशको संसदीय दलमा भने नेकपा एमालेका दुवै पक्ष एकै ठाउँमा भेला भएका हुन् । उनीहरु एकै ठाउँमा बसेर विधान मस्यौदा समिति गठन गरेका छन् ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले प्रमुख सचेतक केशव पाण्डे, नारायण सिलवाल र उर्मिला कर्माचार्य रहेको विधान मस्यौदा कार्यदल गठन गरेको हो ।

मस्यौदा समितिका तीनमध्ये उर्मिला माधव नेपाल पक्षधर हुन् ।

पुस ५ गते प्रतिनिधिसभा विघटन भएलगत्तै साबिक नेकपा विभाजनपछि दुई ध्रवमा लागेका डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्यसहित सबै सांसदहरु बुधबार पहिलोपटक एउटै बैठकमा बसेका हुन् ।