दिइएका सबै पास रद्द, एक जिल्लाबाट अर्को जिल्ला जान प्रतिबन्ध - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

दिइएका सबै पास रद्द, एक जिल्लाबाट अर्को जिल्ला जान प्रतिबन्ध



काठमाडौं । अब एक जिल्लाबाट अर्को जिल्ला छिर्न प्रतिबन्ध लगाइएको छ । मंगलबार गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जान रोक लगाउने निर्णय गरेको छ ।

गृह मन्त्रालयले हालसम्म जारी गरिएका सबै खाले सवारी पास पनि खारेज गरेको छ। नेपालमा संक्रमितको संख्या ह्वात्तै बढेपछी गृहले यस्तो निर्णय गरेको हो ।

मुलुकमा कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या बढिरहेका बेला गृहले मंगलबार दिउँसो यो निर्णय गरेको हो । मंगलबार मात्रै ७४ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ गरिएको हो ।

गृह मन्त्रालयका अनुसार बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको हो । उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरिएको छ ।

यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए ।

अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको अधिकारीको भनाइ छ ।सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।