दुर्गा प्रसाईंविरुद्ध मुद्दा: एक वर्ष कैद र जरिबाना - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

दुर्गा प्रसाईंविरुद्ध मुद्दा: एक वर्ष कैद र जरिबाना



काठमाडौं : बिएण्डसी मेडिकल कलेजका संचालक एवम् कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगका कार्यकारी उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलेप्रसाईंविरुद्ध ‘गालीबेइज्जती’ मुद्दा दायर गरेका हुन्।

दुर्गा प्रसाईंले गत साता पत्रकार सम्मेलन गर्दै मेडिकल कलेजको सम्बन्धनका लागि निवेदन दिनेक्रममा डा. गिरीले २० करोड घुस माग गरेको आरोप लगाएका थिए।

आफूलाई लगाएको आरोपका कारण गालीबेइज्जती र मानमर्दन भएको दाबी गर्दै डा. गिरीले मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका हुन्।

उनले मुलुकी फौजदारी संहिता अन्तर्गत गाली बेइज्जती कसुर अन्तर्गत एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबानाको माग गरेका छन्।

जिल्ला अदालत काठमाडौंका अधिकृत टीकासिंह खत्रीले गिरीले गाली बेइज्जती मुद्दा दर्ता गरेको जानकारी दिए। खत्रीका अनुसार प्रसाईंबाट मानमर्दन भएकोमा क्षतिपूर्ति रकम भराउनसमेत माग गरेका छन्।

यता संचालक प्रसाईंले पनि डा. गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागमा भ्रष्टाचार आरोप लगाउँदै निवेदन दर्ता गरेका छन्।

यसैबीच मंगलबार प्रसाईंले पत्रकार सम्मेलन गर्दै गिरीले घुस मागेको दाबी गर्दै छानबिनको माग गरेका छन्।