महामहारीको बेला विशेषज्ञ डाक्टरलाई कारबाही ?
काठमाडौं- सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका वरिष्ठ चिकित्सक डा. शेरबहादुर पुनसंग स्पष्टिकरण सोधेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पुनसंग शुक्रबार लिखित स्पष्टिकरण सोधेको स्वास्थ्यमन्त्रालय स्रोतले जानकारी दियो ।
पुन कोरोनाभाइरसको उपचारमा दिनरात खटिएका डाक्टर हुन् । उनि नेपालको सिमितमध्ये सवैभन्दा सिनियर सरुवा रोग विशेषज्ञ हुन् ।
संचारमाध्यममा उनले दिएको धारणालाई लिएर सरकारले स्पष्टिकरण लिएको खुल्न आएको छ । सरुवा रोग विशेषज्ञ पुनले आफुलाई स्वास्थ्यमन्त्रालयले स्पष्टिकरण सोधेको पुष्टि गरेका छन् ।
स्वास्थ्यमन्त्री ढकालले उनलाई मन्त्रालयमा हाजिर गर्न केही दिनअघि निर्देशन दिएका थिए ।उनलाई स्वास्थ्यमन्त्रालयको जगेडामा तानिएको मन्त्रालय स्रोतले जानकारी दियो ।