अख्तियार छल्न सेनालाई स्वास्थ्यसामाग्रीको जिम्मा दिए: डा. भट्टराई
काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा संघिय समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले मेडिकल सामग्री ल्याउने जिम्मा सेनालाई दिएको प्रति सरकारलाई व्यङ्ग्य गरेका छन् ।
बिहिबार साँझ सामाजिक सन्जाल ट्विटरमा भट्टराईले कोरोना भाइरस बन्दुक र गोलीले मार्ने जसरी सेनालाई जिम्मेवारी दिएको उल्लेख गरेका छन्।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा सेना नपर्ने भएकाले सरकारले विकल्प रोजेको टिप्पणी गरेका छन्।
उनले लेखेका छन्, – भाइरस मार्ने बन्दुक र गोलीले हैन होला!अनि सरकारले किन चीनबाट स्वास्थ्यसामाग्री किन्न सेनालाई अघि सारेको होला? के वाणिज्य,आपूर्ति लगायतका निजामति निकाय छैनन्? जी-टू-जी विधिबाट पहिल्यै किन नल्याएको? के सेना अख्तियारको दायरामा पर्दैन भनेर हो?चोरको खुट्टा काट् भन्दा किन खुट्टा तानेको?