कैलाली बाेक्सी काण्ड : दाेषीलार्इ कारवाहिकाे माग गर्दै तीन विद्यार्थी संगठनद्वारा गृहमन्त्रीलाई संयुत्त ज्ञापन पत्र - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कैलाली बाेक्सी काण्ड : दाेषीलार्इ कारवाहिकाे माग गर्दै तीन विद्यार्थी संगठनद्वारा गृहमन्त्रीलाई संयुत्त ज्ञापन पत्र



काठमाडाैं:अाजकाे अाधुनिक समाजमा कलंककै रूपमा रहेकाे बाेक्सी प्रथाले फेरि एक चाेटी झस्काएकाे छ । ७ नंम्वर प्रदेशकाे कैलाली जिल्लामा ६ घण्टासम्म गाउँका सवै मान्छेलागेर बोक्सीको अाराेपमा घोडाघोडी नगरपालिका वडा नम्बर ५ की २० वर्षीया राधा चौधरीमाथि निर्घात कुटपिट भएको छ । याे घटनाकाे विराेध गर्दै अखिल(क्रान्तिकारी), अनेरास्ववियु र नेविसंघले संयुत्त ज्ञापन पत्र नेपाल सरकारका गृह मन्त्री राम वहादुर थापा (बादल) लार्इ बुझाएका छन् ।

ज्ञापन पत्रमा भनिएकाे छ–७ नंम्वर प्रदेश अन्तर्गत कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ५ स्थित देउकली भन्ने ठाउँमा बोक्सीको आरोपमा घटाइएको पासविक, वर्वर र जघन्य अपराधको घटना प्रति हामी तीन विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

कक्षा ११ मा अध्ययनरत २० वर्षिया वालिका राधा चौधरीलाई कथित बोक्सीको आरोप लगाउदै ६ घण्टासम्म लगातार कुटपिट गरेर मरणासन्न बनाएको घटनाले सिंगो नेपाली सभ्यतालाई नै लज्जित तुल्याएको छ । यसको केहिदिन अघिमात्र पर्साको सुगौलीपर्तेवामा आठ वर्षीया बालिकालाई बलत्कार गरिएको घटना सार्वजनिक भएको छ ।

यस खालका वर्वर घटना प्रति घोर निन्दा र भत्र्सना गर्दै दोषीलाई तत्काल नियन्त्रणमा लिई हदैसम्मको कारवाही गरी पिडितलाई उचित न्याय र परिपुरणको प्रवन्ध मिलाउन जोडदार माग गर्दछौं । माननीय गृह मन्त्री ज्यू, नेपाली समाजमा बलत्कार, घरेलु हिंसा र बोक्सीको आरोपमा महिलाहरुलाई दिइने चरम यातनाका घटनाहरु नयाँ होइनन् ।

महिला हिंसालाई प्रश्रय दिने छाउपडी प्रथा, दाइजो प्रथा जस्ता कुप्रथा अझै विधमान छन् । कानुनको खुकुलोपन र राज्यको दण्डहिनताका कारण वारम्वार यस्ता घटना दोहोरीने गरेका छन । तसर्थ, विद्यमान ऐनमा नै संशोधन गरी यस्ता अपराधीलाई हदै सम्मको कारवाहि गर्न पुनःश्च जोडदार माग गर्दछौं ।

तीन अाेटै विद्यार्थी संगठनका पदाधिकारीकाे उपस्थितीमा ज्ञापन पत्र वुझाइएकाे हाे ।