स्वास्थ्य विभागका एक डाक्टरमा कोरोना पुष्टि: को हुन् उनी ? - Himal Post Himal Post
  • १४ माघ २०८१, सोमबार
  •      Mon Jan 27 2025
Logo

स्वास्थ्य विभागका एक डाक्टरमा कोरोना पुष्टि: को हुन् उनी ?



काठमाडौं- स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत ललितपुर निवासी एक जना चिकित्सकमा कोरोना संक्रमण देखिएको छ । नेपालमा पहिलो पटक चिकित्सकलाई नै कोरोना संक्रमण देखिएको हो ।

स्रोतका अनुसार कन्ट्याक्ट ट्रेसिङमा संक्रमित चिकित्सक पछिल्लो पटक कपिलवस्तु गएर आएका थिए । ती चिकित्सक लामो समयदेखि फ्रन्टलाइनमा काम गरिहेका थिए ।

ललितपुर ठेगाना रहेका ती चिकित्सकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण देखिएको पुष्टि मंगलबार गरेको हो । आजै मात्र काठमाडौं, भक्तपुर र ललितपुर ५ जना गरी २७ जनामा कोरोना संक्रमण देखिएको छ । जम्मा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । जसमा ३७ जना निको भएर गएका छन् ।

यसअघि वीरगञ्ज नारायणी अस्पतालमा कार्यरत नर्स, धनकुटामा कार्यरत एक नर्स र तौलिहवा अस्पतालमा कार्यरत एक नर्स गरी तीन जना नर्समा कोरोना संक्रमण देखिएको थियो ।