भेटिए सांसद दिपक मनाङे - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

भेटिए सांसद दिपक मनाङे



पोखरा- गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव गुरुङ ‘दीपक मनाङे’ सम्पर्कमा आएका छन् ।उनले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पक्षमा मतदान गर्ने बताएका छन् ।

मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुने बैठकबाट गायव भएका गुरुङ संसद् भवनमा पुगेका छन् । बैठक केहीबेरमा पुनः सुरु हुँदैछ ।

राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही र स्वतन्त्र सांसद गुरुङ बैठकमा अनुपस्थित थिए । गुरुङ भर्खरै सम्पर्कमा आएर सरकारको पक्षमा मतदान गर्ने प्रतिक्रिया दिएका हुन् । अविश्वास प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने कार्यसूची प्रकाशन गरी बैठक पौने २ बजे सुरु भएको थियो।

बैठकमा अहिले सांसदले अविश्वास प्रस्तावमाथि छलफलमा भाग लिएका छन्। केही सांसदले बोलिसकेपछि संसद बैठक २० मिनेटका लागि स्थगितसमेत भएको छ। सांसदहरुले बोलेर सकिएपछि मुख्यमन्त्रीले जवाफ दिने कार्यसूची छ। त्यसपछि मतदान हुनेछ।