दिल्लीबाट काठमाडौं जादै गरेको बसको ठक्करबाट १ जनाको मृत्यु - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

दिल्लीबाट काठमाडौं जादै गरेको बसको ठक्करबाट १ जनाको मृत्यु



नया दिल्ली । भारतको नयाँदिल्लीबाट काठमाडौंतिर गइरहेको बसको ठक्करबाट महेन्द्रनगरमा १ जनाको मृत्यु भएको छ ।

काठमाडौंतिर गइरहेको मञ्जुश्री यातायातको बा४ख २३८९ नम्बर बसको ठक्करबाट दार्चुलाको महाकाली नगपालिका–३ घर भई हाल भीमदत्त नगरपालिका–५ वनखेत बस्ने वीरसिंह महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले बताए ।

उनका अनुसार मृतकको शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ । बस र बस चालक जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नियन्त्रणमा रहेका छन् ।