धनगढी प्रीमियर लिगमा अर्घाखाँचीका दुई खेलाडी एक एक लाखमा खरिद । - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

धनगढी प्रीमियर लिगमा अर्घाखाँचीका दुई खेलाडी एक एक लाखमा खरिद ।



कमल बिस्ट 

चैत्र १७ गते देखि धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिगको अक्सन बुधवार सम्पन्न भएको छ। अक्सनमा अर्घाखाँचीका खेलाडी सौरभ खनाललाई बिराटनगर किङ्स र बिक्रमकुमार भुसाललाइ रुपन्देही च्यालेन्जर्सले समान एक एक लाखमा खरिद गरेको छ ।

नेपाली क्रिकेट जगत्मा उदयमान खेलाडी सौरभ खनाल र विक्रम भुसाल अर्घाखाँची जिल्लाको साबिक खन गाविस र हाल मालारानी गाउँपालिकामा जन्मिएका हुन ।

लिगमा सहभागी हुने ६ टिमले अक्सनमार्फत कुल ७२ जना खेलाडी खरिद गरे। राजधानीको अन्नपूर्ण होटेलमा सम्पन्न अक्सनमा सहभागी हुन कुल १९२ जनाले आवेदन दिएका थिए भने १२ जना खेलाडीलाई ट्यालेन्ट हन्टमार्फत अक्सनमा राखिएको थियो।

बिराटनगर किंग्सले १ लाख २० हजार रुपैयाँमा पृथु बास्कोटालाई तथा पवन सर्राफ, रामनरेश गिरि, सौरभ खनाल, दिलीप नाथ र अनिल शाहलाई समान १ लाख रुपैयाँमा खरिद गरेको हो।

रुपन्देही च्यालेन्जर्सले सागर पुनलाई १ लाख ५० हजारमा किन्दा, विक्रम भुसाल, सुशन भारी र सिद्धान्त लोहनीलाई १ लाख खर्च्यो। यस्तै जितेन्द्र मुखियाले ९० हजार तथा प्रदिप ऐरीले ८० हजार मूल्यमा बिक्री भए।