स्वास्थ्यमन्त्री बर्खास्त नगरे प्रधानमन्त्री समेत असक्षम बन्ने चेतावनी - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

स्वास्थ्यमन्त्री बर्खास्त नगरे प्रधानमन्त्री समेत असक्षम बन्ने चेतावनी



काठमाडौं-पछिल्लो समय विवादित बन्दै गएका स्वास्थ्यमन्त्री भानुभक्त ढकालको राजिनामा सम्म माग्न थालिएको छ ।

एक साताकै अवधिमा अनेकौं काण्डमा फसेका ढकाललाई तत्काल स्वास्थ्यमन्त्री बाट हटाउन माग गरिएको छ । यस्तैमा नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई तत्काल हटाएर अर्काे नियुक्त नगरे प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक योगदान समाप्त हुने बताएका छन् ।

नेपालमा कोरोनाभाइरस (कोभिड १९)को संक्रमण देखिन थालेका बेला उनले स्वास्थ्यमन्त्री ढकाललाई आजै बर्खास्त गर्न प्रधानमन्त्री ओलीलाई सुुझाव दिएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीलाई सुझाव दिएका उनले ढकाललाई हटाएर चिकित्साविज्ञलाई स्वास्थ्यमन्त्री नियुक्त गर्न पनि भनेका छन् ।

उनले भनेका छन्, ‘निकम्मा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई आजै हटाएर कुनै चिकित्साबिज्ञलाई आजै देखि स्वास्थ्यमन्त्री नियुक्ति गरिहालून्’, फेसबुकमा उपाध्यायले लेखेका छन्, देश र आम जनताको स्वास्थ्य सुरक्षा नं १ प्राथमिकता हो, यो बाहेक अरू कुनै काम अहिले महत्वको छैन। यसमा प्रम चुके भने जनताले कहिल्यै क्षमा गर्ने छैनन्, आजसम्मको राजनीतिक योगदान टुकुचामा बग्नेछ।’

उनले थपेका छन्, किड्नी फेरेपछि बालुवाटारमा बिगत करिब १ महिनादेखि आराम गरिरहेका सम्माननीय प्रम ओलीजीलाई कसैले जनताको तर्फबाट यो अर्जेन्ट अनुरोध छ भनेर खबर गरिदिनुपर्यो । ’निकम्मा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई आजै हटाएर कुनै चिकित्साबिज्ञलाई आजै देखि स्वास्थ्यमन्त्री नियुक्ति गरिहालून्। त्यस्तै कुनै स्वास्थ्यकर्मी कर्मचारीलाई स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मा दिईहालून्। देश र आम जनताको स्वास्थ्य सुरक्षा नं १ प्राथमिकता हो( यो बाहेक अरू कुनै काम अहिले महत्वको छैन। यसमा प्रम चुके भने जनताले कहिल्यै क्षमा गर्ने छैनन्, आजसम्मको राजनीतिक योगदान टुकुचामा बग्नेछ।’