बुढानिलकण्ठ बन्यो राजनीतिक शक्तिकेन्द्र - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

बुढानिलकण्ठ बन्यो राजनीतिक शक्तिकेन्द्र



काठमाडौं- काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ अहिले शक्तिकेन्द्र बनेको छ । नयाँ सरकार बनाउन र ओली सरकारलाई बिदा गर्ने बिषयमा बुढानिलकण्ठमा निरन्तर छलफल भैरहेका छन् ।

वैकल्पिक सरकार निर्माणको प्रयासस्वरुप दलहरुले छलफललाई तीव्र पारेसँगै देउवा शक्तिकेन्द्र बनेका छन् । सरकार टिकाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोग मागेको र उनले सहयोग गरिरहेको आरोप लागिरहेका देउवा तानातानमा छन् ।

एकातिर सरकार नै ढल्ने अवस्था आएको खण्डमा देउवालाई प्रधानमन्त्री बनाएर अगाडी बढ्ने र विरोधिहरूलाई तह लगाउने तयारीमा स्वयं प्रधानमन्त्री ओली नै रहेको बताइन्छ । अर्कोतिर माओवादी केन्द्र र जसपाले देउवाकै नतृत्वमा सरकार बनाउने भन्दै लगातार भेटवार्ता गरिरहेका छन् ।

हालै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराईले ओली सरकारको विकल्प छाडिनुपर्नेमा जोड दिँदै देउवालाई यसको विकल्प खोज्न र ढिला नगर्न आग्रह गरेका थिए ।

बुधबार साँझ पनि सभापति देउवा निवास बूढानीलकण्ठमा राम्रै राजनीतिक जनघात भयो । छलफलमा नयाँ सरकार गठनबारे चर्चा भएको बताइएको छ । भेटमा नेताहरूले ओली सरकारको विकल्प दिने विषयमा देउवालाई अग्रसरताका लिन आग्रह गरेको बताइएको छ ।

देउवाले पार्टीभित्र छलफल गरेर निष्कर्षमा पुगिने जवाफ दिएको बूढानीलकण्ठ स्रोतले बतायो ।

त्यसलगत्तै मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि देउवालाई भेटेका थिए । सोही दिन प्रचण्डले भट्टराईसँग पनि छलफल गरेका थिए ।

पछिल्लो चरण देउवा निवासमा नयाँ सरकार गठनबारे छलफल बाक्लिँदै गएको छ । यसैबीच माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताबारे पार्टीमा छलफल सुरू गरेको छ ।