सरकारलाई देउवाले भने: सीमा नाकामा अलपत्र हाम्रा नागरिक तत्काल ल्याउ
काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो देशमा आउनसमेत नारा जुलुस गर्नु परेको भन्दै सरकार समक्ष आपत्ति जानेका छन् ।
देउवाले नेपालीको यस्तो अवस्थाप्रति सरकारको जवाफ समेत मागेका छन्। भारतबाट नेपाल फर्कन लागेका सैयौं नेपाली सीमामा रोकिएर नाराबाजी गरेपछि उनले सरकारको ध्यानाकर्षण गराएका हुन्।
भारतबाट आउने सबै सीमा नाकामा नेपालीहरूले निकै दुख पाएको खबर आए सँगै देउवाले यसप्रति जिम्मेवार हुन सरकारलाई आग्रह समेत गरेका छन्।
रुपन्देहीको सुनौली नाकामा पनि सयौं नेपाली अलपत्र परेका छन् भने दार्चुलासँग सीमा जोडिएको धार्चुलामा पनि नेपालीले आफ्नै देशमा प्रवेश नपाएपछि नाराबाजीमा उत्रेका छन्।
‘आफ्नो देशमा आउन पनि नारा जुलुस गर्नुपर्ने यो के हो?’ देउवाले सरकारलाई प्रश्न गरेका छन् ,
देउवाले सीमा नाकामा रहेका नेपाल आउन नपाएकाहरुलाई नेपाल फर्काउन आग्रह गरेका छन्। उनले ट्विट लेख्दै नेपालीहरुलाई आवश्यक प्रक्रिया पूरा गरेर तत्काल नेपाल आउने वातावरण बनाउन आग्रह गरेका छन्।