देउवा बन्नै हुन्न संसदीय दलको नेता :कांग्रेस युवा नेताहरू - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

देउवा बन्नै हुन्न संसदीय दलको नेता :कांग्रेस युवा नेताहरू



कान्तिपुर /काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नै संसदीय दलको नेता बन्न अग्रसर बनेपछि पार्टीभित्र नेतृत्व परिवर्तनको मुद्दा उठाइरहेका नेता तथा कार्यकर्तामा आक्रोश बढेको छ ।

देउवा आफैं प्रतिस्पर्धामा आउँदा संसदको अंकगणितले उनी दलको नेता बन्ने सम्भावना भने छ ।

‘तर, पार्टीले नराम्रो क्षति व्यहोर्नुपर्ने छ,’ केन्द्रीय सदस्य प्रदीप पौडेलको भनाइ छ, ‘तीनै तहको निर्वाचनमा पार्टी हार्दा जिम्मेवारीबोध गर्दै पार्टी सभापतिले नेतृत्व छाड्नुपर्ने हो। उल्टो थप जिम्मेवारी लिने कुरा स्वाभाविक मान्न सकिन्न।’

प्रदीपलगायत कांग्रेसका युवा नेताहरू चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, गुरुराज घिमिरे, कल्याण गुरुङलगायतले पार्टीलाई सुधार्न नेतृत्व परिवर्तनको मुद्दा निरन्तर उठाउँदै आएका छन्। तर, देउवा नेतृत्व परिवर्तनको मुद्दा निस्तेज बनाउन दलको नेता आफैं बन्ने दौडमा छन्।