दिल्लीमा पशुपति सम्पर्क मञ्चको रक्तदान सम्पन्न ,७९जनाले दिए रगत - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

दिल्लीमा पशुपति सम्पर्क मञ्चको रक्तदान सम्पन्न ,७९जनाले दिए रगत



नयाँ दिल्ली 

विगत कयौँ वर्षदेखि भारतको राजधानी दिल्लीमा सामाजिक काम गर्दै आएको श्री पशुपति सम्पर्क मञ्च दिल्लीले रक्तदान कार्यक्रम सम्पन्न  गरेको छ ।

रक्तदान महादान रक्तदान जीवनदान हो भन्ने मान्यताका अनुसार मञ्चले रेडक्रस सोसाइटीको साझेदारीमा दिल्लीको गोविन्दपुरीस्थित गुरुद्वारा परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । आइतबार गरिएको रक्तदान कार्यक्रममा ७९  जनाले रक्तदान गरेका छन् ।

प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घ भारतका अध्यक्ष लोकेश शाह रहेको कार्यक्रममा अध्यक्ष रमेश शर्मा लम्सालले अध्यक्षता गरेका थिए  । वार्षिक रूपमा गरिँदै आएको कार्यक्रममा बर्सेनि करिव  ८० जनाले रक्तदान गर्ने गरेको अध्यक्ष लम्सालले बताए  ।

रक्तदान कार्यक्रम सहित भण्डारा (भोजन ग्रहण) कार्यक्रम समेत आयोजना गरिएको थियो । सचिव दिपेन्द्र ढकालले सञ्चालन गरेको कार्यक्रममा विभिन्न सङ्घ-सङ्गठनका प्रतिनिधि, सञ्चारकर्मीसहित आम प्रवासी नेपालीको उपस्थिति रहेको थियो ।

नेपालीहरूलाई चाहिएको बेला सहज रूपमा रगत उपलब्ध गराउन आफूहरूले विगत सन २००७ बाट रक्तदान शिविरको आयोजना गर्दै आएको मञ्चका पूर्व अध्यक्ष तुलसी ढकालले बताए  । श्री पशुपति सम्पर्क मञ्चले भारतका विभिन्न सामाजिक सेवा गर्दै आएको छ ।

नेपालमा गएको विनाशकारी भूकम्पका बेला १०५ युनिट रगत पठाउनुका साथै, बद्रीनाथ केदारनाथमा गएको बाढीका बाढीपीडित महिलाहरूलाई सीलाई मेसिन प्रदान गरेको थियो । त्यसै गरी बेला-बेलामा गरिब असहायका लागि खानपिनका सामग्री र लत्ताकपडा पनि वितरण गर्दै आएको मञ्चले जनाएको छ ।