दिल्लीको पशुपतिनाथ मन्दिरमा अधिवेशन सम्पन्न - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

दिल्लीको पशुपतिनाथ मन्दिरमा अधिवेशन सम्पन्न



नयाँ दिल्ली,  भारतको राजधानी दिल्लीको शाहदरा विश्वास नगरमा  रहेको  श्री पशुपतिनाथ मन्दिर व्यवस्थापनको लागि  अधिवेशन सम्पन्न भएको छ ।

नेपालीहरुले स्थापना गरि संचालनमा ल्याइएको उक्त मन्दिरमा आसपासमा रहेको भारतीय नागरीकहरुले त्यसको प्रत्यक्ष लाभ उठाईरहेका छन । पण्डित बिष्णु शरण कोईराला र पण्डित यदुनाथले दिनहु पूजा अर्चनाका साथै विहान बेलुका आरती गर्ने गर्नुहुन्छ ।

नवनिर्वाचित पदाधिकारीहरुमा अध्यक्षमा जनक गिरि, उपाध्यक्षमा गोविन्द के। सी, नारायण शर्मा र रुद्र मल्ल, महासचिवमा टेकराज पोख्रेल, सह महासचिवमा भेषराज पौडेल, कोषाध्यक्ष थानेश्वर पाण्डे, सह कोषाध्यक्ष शिवलाल खनाल, साँस्कृतिक सचिव उमेश शाही, व्यबस्थापन रामलाल भछराई र पुस्तकालय टोपलाल पोख्रेल रहेका छन ।

जनक गिरिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा यादव घिमिरे प्रमुख अतिथि रहेका थिए ।

नेजस भारतका अध्यक्ष बालकृष्ण पाण्डेको समेत उपस्थिति रहेका  थिए भने पाण्डे सल्लाहकार समितिमा बसेका छन ।सदस्यहरुमा कृष्ण पाण्डे, मोहिनी क्षेत्री, विष्णु पोख्रेल, झविलाल अधिकारी, नारायण सापकोटा, देवी शर्मा, गंगाराम पाण्डे, चिन्तामणि भुसाल, रतन शाही र केशव रायमाझी रहेका छन ।

सल्लाहकार सदस्यहरुमा देवनाथ भुसाल, बालकृष्ण पाण्डे र सावित्री कोईराला रहेका छन । मन्दिर संरक्षक समितिमा यादव घिमिरे, बिष्णु शरण कोईराला र केदारनाथ भुसाल रहेका छन ।