जनता र कार्यकर्ताले निकै दुख पाए: देवेन्द्र पोडेल - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

जनता र कार्यकर्ताले निकै दुख पाए: देवेन्द्र पोडेल



काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई मिलेर अगाडि बढ्न सुझाव दिएका छन् ।

मंगलबार स्थायी कमिटी बैठक स्थगित भएपछि नेता पौडेलले कार्यकर्ताको मनोभावना बुझेर अगाडि बढ्न सुझाव दिएका हुन् ।

त्यस्तै उनले पार्टी एकतालाई जोगाउनु मुख्य जिम्मेवारी रहेको बताएका छन् ।

‘नेकपाको एकतालाई जोगाउनु आजको ऐतिहासिक आवश्यकता हो । टुट, फुट र विभाजनवाट निकै दुःख पाएका कार्यकर्ता र जनताको पीडालाई कमरेड केपि ओलि र प्रचण्डले गम्भीर रुपमा लिनु हुनेछ’, उनले भनेका छन् ।

त्यस्तै उनले अध्यक्षद्वयको काँधमा पार्टी एकतालाई बचाउने जिम्मेवारी रहेको बताएका छन् ।

‘तपाईहरुकै पहलमा भएको पार्टी एकतालाई बचाउने र अघि बढाउने जिम्मेवारी फेरि पनि तपाईहरु कै काधमा छ’, उनले भनेका छन् ।