को हुन् दाङ जिल्लामा पहिलोपटक भेटिएका दुई सङ्क्रमित ?
दाङ- पहिलो पटक दाङको गढवामा दुई युवामा कोरोनाको संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म अछुत रहेको दाङ जिल्लामा पनि त्रास बढेको छ ।
गढवा गाउँपालिकाका निवासी २३ वर्षीय र ३६ वर्षीय युवामा कोरोना पुष्टि भएको हो । उनीहरू भारतबाट नै आएको खुलेको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले शुक्रबार बेलुकी पहिलो पटक दाङमा कोरोना पुष्टि भएको जानकारी दिइन् ।
उनीहरु दुबैजना केही दिन पहिले भारतबाट आएकाहरु हुन । उनीहरु लमहीको क्वारेन्टाइनमा बस्दै आएका छन् ।
यो नै दाङमा कोरोना संक्रमित पुष्टि भएको पहिलो घटना हो । दाङमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।
योसँगै कोरोना संक्रमितको संख्या २६७ पुगेको छ । केही उपचारपछि घर फर्केका छन् भने नेपालमा भेटिएका सबै संक्रमित अहिलेसम्म स्वस्थ रहेको बताइएको छ ।