दाङमा लाग्यो ‘राजा आऊ देश बचाऊ’को नारा - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

दाङमा लाग्यो ‘राजा आऊ देश बचाऊ’को नारा



दाङ– पश्चिम नेपालको भ्रमणमा निस्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दाङ आइपुगेका छन्।

दाङ जिल्लाको सदरमुकाम घोराही प्रवेश गर्ने क्रममा देउखुरी उपत्यकाको अर्जुन खोलामा उपस्थित भएका समर्थकहरूले स्वागत गर्दै नारा लगाएका छन्। ‘राजा आऊ देश बचाऊ’ भन्दै नारा लगाइएको छ।

राप्रपा दाङ क्षेत्र नं. १ का अध्यक्ष विनोद केसीले देशमा राजसंस्थाको खाँचो रहेको र देशलाई बचाउन राजा चाहिएको प्रतिक्रिया दिँदै नारा लगाइएको बताए। ‘राजसंस्था चाहिएको छ,’ उनले भने।

पूर्व राजा आउने खबर पाएपछि सर्वसाधारण नागरिकहरू स्वस्फुर्त स्वागतको लागि बाटोमा उभिएका थिए।

नेपाल सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयमा केहीबेर रोकिएपछि पूर्वराजा ज्ञानेन्द्र बाटोमा कुरेर बसेकाहरूमाझ गाडी चढेर आइपुगे।

केहीबेर गाडीमै रोकिएका उनी स्वागतको लागी बाटोमा उभिएका नागरिक देखेपछि झरेका थिए।

स्वागतका लागि उभिएकाहरुले देशको नेतृत्व गर्न माग गरेका थिए।

दाङ आएका पूर्वराजाले अम्मिकेश्वरी मन्दिरमा पूजा अर्चना गर्ने छन्। त्यस पश्चात् डोको होटेलमा खाना खानेछन्। त्यस पश्चात् गोरक्ष रत्ननाथ मन्दिरमा दर्शन गरेर शुक्रवार नै नेपालगञ्ज फर्कने कार्यक्रम छ।

देश शन्चारको सहयोगमा