दानबहादुर मल्ललाई जिल्ला छाड्न १२ घण्टाको अल्टिमेटम - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

दानबहादुर मल्ललाई जिल्ला छाड्न १२ घण्टाको अल्टिमेटम



चितवन- एसपी दानबहादुर मल्ललाई चितवन जिल्ला छाड्न १२ घण्टाको अल्टिमेटम दिइएको छ ।

सरुवा भएको दुई हप्ता बितिसक्दा समेत चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले जिल्ला छाड्न अटेर गरेपछि प्रदेश प्रहरीले १२ घण्टे अल्टिमेटम दिएको हो ।

सरुवा भइसकेका एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र बुझबुझारथ गर्दै जिल्ला छाड्न प्रदेश–३ प्रहरी कार्यालयले निर्देशन दिएको हो ।

प्रदेशले बुधबार दिएको गोप्य सर्कुलर पत्र नै एसपी मल्लले बिहीबार सुरक्षाकर्मीहरुको सामुहिक सामाजिक सञ्जाल हालेका छन् ।

प्रदेश प्रहरीका एसपी अरुण पौडेलले हस्ताक्षर गरेको पत्र संख्या नम्बर ८१०४ रहेको पत्रमा डीएसपीलाई चार्ज बुझाएर तत्काल त्यसको जानकारी मातहतलाई गराउन उल्लेख छ ।

प्रहरी प्रधान कार्यालयले पुस ४ गते एसपी मल्लसहित २४ एसपीको सरूवा गरेको थियो । चितवनमा एसपी गंगा पन्तको सरूवा भएको छ ।