साना दलका ठूला नेता ! - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

साना दलका ठूला नेता !



अन्नपुर्ण पोष्ट

एउटा भनाइ नै छ, कम्युनिस्ट पार्टीको नेतृत्व परिवर्तन उति सहज हुँदैन। ‘जसको नीति, उसकै नेतृत्व’ भन्ने कम्युनिस्ट सिद्धान्त छ।

नेतृत्वमा रहेका नेताको मृत्यु नहुन्जेल नयाँ नेता जन्मिन कठिन हुने कम्युनिस्ट प्रवृत्ति नेपालका केही साना कम्युनिस्ट दलमा पनि लागू हुन्छ। उसो त नेपालको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी एमालेमा भने नेतृत्व हस्तान्तरण लोकतान्त्रिक प्रक्रियाबाट हुँदै आएको छ।

एमालेले ५/५ वर्षमा हुने महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दै आएको छ तर केही साना कम्युनिस्ट पार्टीमा भने नयाँ नेतृत्व नआएको दशकौं भइसकेको छ।

सानो संगठन त्यसमा पनि अधिकांश नेतृत्वकै विश्वासपात्रको झुण्ड, त्यसैले कतिपयले साना दललाई नेतृत्वको भजनमण्डली भन्दै आलोचना गर्ने गरेका छन्।

उनीहरू नेतृत्वको विकल्प खोज्नुभन्दा त्यही नेतृत्वबाट लाभ लिन सक्रिय हुने भएकाले पनि साना दलमा नयाँ नेतृत्व आउन नसकेको राजनीतिक विश्लेषक बताउँछन्।